८ मंसिर, २०८१ शनिबार
09:40:36 AM
१ जेठ, २०७९
काठमाण्डौ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले झण्डै २४०० मतका साथ अग्रता लिनुभएको छ ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार डंगोलले ३३८४ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९ सय ९२ मत पाउनुभएको छ ।
त्यस्तै राप्रपाकी विनिता मगैयाले ७६०, स्वतन्त्र उम्मेदवार दिव्या श्रेष्ठले ३६१, विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरले १५७ मत पाउनुभएको छ ।