२० माघ, २०८१ आइतबार

06:35:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाल्पाको रम्भामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, ६ घाइते

Nepal Business

१ जेठ, २०७९

घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ

पाल्पाको रम्भामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, ६ घाइते

पाल्पा,
पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् ।

खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ ।

खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो ।

घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ ।

रम्भा–५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिकृतको कार्यलयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाई रोक्ने क्रममा झडप भएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले तीन जना प्रहरीलाई ढुङ्गा तथा लाठीले हिर्काई घाइते बनाएपछि प्रहरीले अश्रुग्यास हानेको बताउनुभयो ।

उहाँले थप क्षति हुन नदिन स्थानीय जनता, मतदाता तथा स्थानीय राजनीतिक दललाई आग्रह गर्नुभयो ।