२० माघ, २०८१ आइतबार
08:24:56 PM
१ जेठ, २०७९
महानगरको हिसाबमा हेर्दा प्रमुखको उम्मेदवार नै ५५ जना हुनुहुन्छ । त्यसैले पनि जटिल छ । प्रतिनिधि समेत बढी भएकाले हरेकलाई देखाउनुपर्ने हुन्छ । मतगणना सामान्य प्रक्रिया होइन
काठमाडौँ,
काठमाडौँको मतगणना ढिला सुस्ती भयो भन्ने गुनासो छ । त्यस विषयमा काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खड्का जवाफ यस्तो छ ।
६४ लहरको निर्वाचन चिन्ह छ र त्यसमा मत संकेत छ । सबै लहरमा मत संकेत छ की छैन भनेर हेर्नुपर्ने हुन्छ । त्यसमा कुन लहरमा चिन्ह लगाएको छ, सात वटा छाप छ की कम छ ? बढी छ की भनेर हेर्नुपर्छ
स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतगणना जारी छ । मत गणना प्रक्रियागत रुपमै ढिलो हुने अबस्था छ । मतपत्र नै जटिल प्रकृतिको रहेको छ । महानगरको हकमा थप लटिल छ । ६४ लहरको निर्वाचन चिन्ह छ र त्यसमा मत संकेत छ । सबै लहरमा मत संकेत छ की छैन भनेर हेर्नुपर्ने हुन्छ ।
त्यसमा कुन लहरमा चिन्ह लगाएको छ, सात वटा छाप छ की कम छ ? बढी छ की भनेर हेर्नुपर्छ । उमेद्वारका प्रतिनिधिहरु समेत हुने हुनाले त्यहाँ उमेद्वारहरुलाई समेत देखाउनुपर्ने हुन्छ । गणकलाई हेरेर चिन्ह अनुसार संख्या टिपेर उम्मेदवार र प्रतिनिधिलाई देखाउनुपर्ने हुन्छ ।
महानगरको हिसाबमा हेर्दा प्रमुखको उम्मेदवार नै ५५ जना हुनुहुन्छ । त्यसैले पनि जटिल छ । प्रतिनिधि समेत बढी भएकाले हरेकलाई देखाउनुपर्ने हुन्छ । मतगणना सामान्य प्रक्रिया होइन । अनावश्यक रुपमा मतगणना हुनुहुँदैन भन्नेमा हामी सचेत छौँ । गएको दुई दिनको अनुभवलाई हेरेर अझै व्यवस्थित र द्रुत गतिमा अघि बढाइरहेका छौँ ।
हामीले गनेर तुरुन्त सार्वजनिक गर्न मिल्दैन । सफ्वेयरमा इन्ट्री गर्नुपर्छ । त्यो पनि जतिबेला पायो त्यतीबेला हुँदैन । इन्ट्री भएपछि मात्रै सार्वजनिक गरिन्छ । गन्दै जानकारी दिने क्रममा १००÷१०० जोडेर हामीले दिने गरेका छौँ । तीन टोलीबाट गणना शुरु गरेकोमा अहिलो ६ समुहले गणना गरिएको र भोलिबाट सात ठाउँमा गणना हुँदा अझै छिटो हुनेछ ।