८ मंसिर, २०८१ शनिबार
09:23:58 AM
१ जेठ, २०७९
नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले ९१६ मतसहित उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ
वीरगञ्ज,
मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले दुई हजार २८२ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ ।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले ९१६ मतसहित उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ । महानगरपालिकाको मतगणना अनुसार हाल वडा न १, २, ३१ र ३२ को मतगणना जारी छ । मतणना गर्न लामो समय लाग्ने भएकाले अन्तिम नतिजा आउन एक साता लाग्ने छ ।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले ९१६ मतसहित उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।
महानगरपालिकाको मतगणना अनुसार हाल वडा न १, २, ३१ र ३२ को मतगणना जारी छ । मतणना गर्न लामो समय लाग्ने भएकाले अन्तिम नतिजा आउन एक साता लाग्ने छ ।
महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) (एस) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आर्को समूह बनाएर निवर्तमान् प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो ।
विराटनगर महानगरको प्रमुख पदमा कांग्रेसको अग्रता
स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको छ वटा वडाको सात हजार २६८ मतगणना गर्दा गठबन्धन दल नेपाली कांग्रेसले महानगर प्रमुख पदमा अग्रता लिएको छ ।
मुख्य निर्वाचन कार्यालय विराटनगर सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणनास्थल आदर्श विद्यालयबाट जारी गरिएको सूचनामा वडा नं १, २, १६, १७, १८ र १९ नं को वडाको मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले दुई हजार ३७७, नेकपा (एमाले)का सागर थापाले एक हजार ७१०, राप्रपाका प्रल्हादप्रसाद साहले ४३२ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले ७६३ मत प्राप्त गर्नुभएको छ