८ मंसिर, २०८१ शनिबार
04:52:00 AM
१ जेठ, २०७९
एमाले प्रतिनिधिको विरोधपछि चितवनका सिडिओ, प्रहरी प्रमुख, मुख्य निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बस्दै
काठमाण्डौं । एमालेको विरोधका कारण भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ । एमाले प्रतिनिधिहरुले गणनास्थल मै विरोध गरेपछि भइरहेको मतगणना रोकिएको हो ।
मतपत्रमा लगाइएको छापको विषयमा विवाद भएपछि एमाले प्रतिनिधिले गणनास्थलमै हुटिङ गरिरहेका छन्।
मुख्य निर्वाचन अधिकृतले सूर्यमा लगाइएको छाप धमिलो भएको कारणले बदर गरिदिएकोमा एमाले प्रतिनिधिहरूले विरोध गरेका हुन् ।
यसअघि त्यस्तै अरू छापलाई सदर गरेको तर अहिले सूर्यको छापलाई बदर गरिएको आरोप उनीहरुको छ।
एमाले प्रतिनिधिको विरोधपछि चितवनका सिडिओ, प्रहरी प्रमुख, मुख्य निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बस्दै छ।