८ मंसिर, २०८१ शनिबार

04:53:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कनकासुन्दरी गाउँपालिकामा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलनै विजयी

Nepal Business

१ जेठ, २०७९

धनबहादुरले २ सय ८८ मत ल्याएर आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाहीलाई पछि पार्दै वडा अध्यक्षमा विजयी

कनकासुन्दरी गाउँपालिकामा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलनै विजयी

जुम्ला । कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलनै विजयी भएको छ । 

दलित समुदायले धनबहादुर कामीलाई स्वतन्त्र उम्मेदवारका रूपमा अघि सारेका थिए । उहाँकै प्यानल नै विजयी भएको हो । दलित समुदायले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । 

धनबहादुरले २ सय ८८ मत ल्याएर आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाहीलाई पछि पार्दै वडा अध्यक्षमा विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी शाहीले २२० मत ल्याउनुभएको थियो । 

यस्तै वडा सदस्यमा गोल दमाई र कर्ण जीत सार्की विजयी हुनुभयो । महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्लेले जित्नुभयो । 

दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय हुनुभयो । कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । 

उहाँहरुले निर्वाचन अधिकृतको कार्यालयदेखि वडा नम्बर ८ सम्म बाजागाजा र नारा जुलुस सहित विजय ¥याली निकालेका छन् ।

संघीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व बिना वडामा समृद्धि हुन नसक्ने भन्दै उनीहरुले दलको टिकट लिएनन् ।