८ मंसिर, २०८१ शनिबार
05:54:16 AM
१ जेठ, २०७९
काठमाण्डौ । अहिलेसम्म नतिजा आएका स्थानीय तह मध्ये १० वटामा जित हासिल गर्दै एमाले अगाडि रहेको छ ।
नतिजा आएका गाउँपालिका मध्ये १० वटामा जित हासिल गर्दै एमाले अग्रपंक्तिमा रहेको हो ।
यसैगरी ८ स्थानमा जित हासिल गर्दै काँग्रेस दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।
नेकपा एमाले विजयी भएका पालिकाहरु
१) मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले विजयी
२) मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी
३) मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी
४) मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेका रिङजिन नामगेल गुरुङ विजयी
५) मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेका टसी न्वर्वु गुरुङ विजयी
६) डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी
७) खुम्बु पासाङल्हामु गाउँपालिकामा एमालेका मिङ्मि छिरिङ शेर्पा २०२८ मतका साथ विजयी
८) बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विजयी
९) एमालेका अध्यक्ष उम्मेदवार प्रकाश ओझा ३ हजार ९७६ मतसहित विजयी
१०) बझाङको थलरा गाउँपालिकामा प्रकाश रोकाया २ हजार ७७४ मत सहित गाउँपालिका अध्यक्षमा विजयी