१ जेठ, २०८१ मंगलबार

04:08:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चितवनको खैरहनीमा रोकिराखेको दुई गाडीमा आगजनी, जलेर पूर्ण क्षति

Nepal Business

३१ बैशाख, २०७९

सोहि स्थानमा पार्किङ गरि राखेको अन्य ना ५ ख ७४५ नम्बरको बसको ढोका साईटको झ्याल ढोकामा र बा ४ ख ३३७८ नम्बरको बसको पछाडिको भागमा समेत क्षति भएको जिल्ला प्हरी कार्यालय चितवनले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

चितवनको खैरहनीमा रोकिराखेको दुई गाडीमा आगजनी, जलेर पूर्ण क्षति

चितनवन

चितनवनको खैरहनी स्थित ज्यामिरे चोकस्थि मेट्रो पेट्रोल पम्प पछाडी पार्किङ गरी राखेको दुई वटा गाडीमा आगलागी भएको छ ।

आज साँझ पौने पाँच बजे आगो लागेको चिवतन प्रहरीले जनाएको छ । 

सोही पेट्रोलपम्पको साहु झबनाथ पाठकको ना ५ ख ४०६२ र ना ५ ख ४०६४ नम्बरको बसमा अचानक आगलागी हुँदा दुईवटै बस पुर्णरुपमा जली नष्ट भएको छ । 

सोही पेट्रोलपम्पको साहु झबनाथ पाठकको ना ५ ख ४०६२ र ना ५ ख ४०६४ नम्बरको बसमा अचानक आगलागी हुँदा दुईवटै बस पुर्णरुपमा जली नष्ट भएको छ । 

सोहि स्थानमा पार्किङ गरि राखेको अन्य ना ५ ख ७४५ नम्बरको बसको ढोका साईटको झ्याल ढोकामा र बा ४ ख ३३७८ नम्बरको बसको पछाडिको भागमा समेत क्षति भएको जिल्ला प्हरी कार्यालय चितवनले जनाएको छ । 
आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । 

उक्त स्थानमा डिएसपीको  कमाण्डमा प्रहरी टोली खटाइ स्थानीय नागरिक र दमकलको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रणमा आएको छ । 

आगलागी कसले लगाएको हो भन्ने विषयमा यकिन भएको छैन । उक्त घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।