२० माघ, २०८१ आइतबार

08:27:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मतपत्रमा हस्ताक्षर नभेटिएपछि मतपत्रका विषयमा विवादः मतगणना स्थगित

Nepal Business

३१ बैशाख, २०७९

उम्मेदवार र पार्टीका प्रतिनिधिसँग छलफल भइरहेको निर्वाचन अधिकृत सुशीला ज्ञवालीले जानकारी दिनुभयो ।

मतपत्रमा हस्ताक्षर नभेटिएपछि मतपत्रका विषयमा विवादः मतगणना स्थगित
ललितपुर । जिल्लाको महाङ्काल गाउँपालिकाको केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद उत्पन्न भएपति अहिले मतगणना स्थगित गरिएको छ ।
 
एक घण्टा पहिले मतपत्रका विषयमा विवाद भएपछि अहिले छलफल जारी छ । 
 
उम्मेदवार र पार्टीका प्रतिनिधिसँग छलफल भइरहेको निर्वाचन अधिकृत सुशीला ज्ञवालीले जानकारी दिनुभयो । केही समयभित्रै समाधान निस्कन सके पुनः गणना गरिने उहाँले बताउनु भयो । 
 
उक्त गाउँपालिकामा ९ हजार १२ मतदाता रहेकामा सात हजार ६ सय (७७.९६ प्रतिशत) मत खसेको थियो । राति अबेर मतपत्र आएपछि गणना सुरु भएको थियो ।
हालसम्म गणना भएको मतका आधारमा अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका डोल्मामाया गोलेको अग्रता रहेको छ ।