८ मंसिर, २०८१ शनिबार

04:57:45 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सीमित स्रोत/साधनमार्फत एकै चरणमा निर्वाचन गर्नु महत्वपूर्ण : गृहमन्त्री

Nepal Business

३१ बैशाख, २०७९

एकै पटक स्थानीय तह निर्वाचन सम्पन्न गर्ने चुनौतिपूर्ण काम सबैको दृढता र प्रतिबद्धताका कारण सम्पन्न भएको गृहमन्त्री खाणले बताउनु भयो ।

सीमित स्रोत/साधनमार्फत एकै चरणमा निर्वाचन गर्नु महत्वपूर्ण : गृहमन्त्री

काठमाडौँ, 
गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोत र साधन उपयोग गरी दृढता र प्रतिबद्धतासाथ एकै पटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायका प्रमुखहरूलाई धन्यवाद दिनुभएको छ ।

गृहमन्त्री खाणले सबै सुरक्षा निकायका प्रमुख, गृह प्रशासन, निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृत भएर खटिएका जिल्ला न्यायाधीशहरू, र निर्वाचन अधिकृतहरूलाई सीमित स्रोत र साधन उपयोग गरेर एकै चरणमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाएकोमा धन्यवाद दिनुभएको हो ।

गृहमन्त्री खाणले शनिबार बिहान प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, प्रधान सेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई टेलिफोन गरी छिटपुट घटनाबाहेक मुलुकभर स्थानीय तह निर्वाचन एकै पटक सम्पन्न गरेकोमा धन्यवाद दिनुभयो ।

एकै पटक स्थानीय तह निर्वाचन सम्पन्न गर्ने चुनौतिपूर्ण काम सबैको दृढता र प्रतिबद्धताका कारण सम्पन्न भएको गृहमन्त्री खाणले बताउनु भयो । 

गृहसचिव पाण्डेले गृहमन्त्री खाणले सरकारको निर्णय बमोजिम सीमित स्रोत साधनबीच एकै चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेको जानकारी दिनुभयो ।