२० माघ, २०८१ आइतबार
08:29:31 PM
३१ बैशाख, २०७९
पोखरामा बिहान ७ः३० बजे सर्वदलीय वैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो
काठमाडौँ,
काठमाडौँ महानगरपालिकाको मतगणना शनिबार (आज) ८ बजेबाट गरिने भएको छ ।
शुक्रबार राती मतपेटिका ल्याइसकिएको र सर्वदलीय निर्णयअनुसार ८ बजेबाट गणना गर्न लागिएको हो । उता चितवनको भरतपुरमा विहान ९ बजेबाट गणना गर्ने निर्णय भएको छ ।
शुक्रबार राती मतपेटिका ल्याइसकिएको र सर्वदलीय निर्णयअनुसार ८ बजेबाट गणना गर्न लागिएको हो ।
उता चितवनको भरतपुरमा विहान ९ बजेबाट गणना गर्ने निर्णय भएको छ ।
शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको अब केहीबेरमा मतगणना गर्ने तयारी गरिएको छ । मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ७ः३० बजे सर्वदलीय वैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलबाट गर्नेगरी तयारी गरिएको उहाँले बताउनुभयो ।
सर्वदलीय वैठकपछि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कूल दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको थियो ।