२७ फागुन, २०८१ मंगलबार

12:06:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भैंँसेपाटी मतदानस्थलमा पुग्दा जे देखियो... (फोेटोसहित)

Nepal Business

३० बैशाख, २०७९

उक्त मतदानस्थलमा तीन हजार ३०० मतदाता रहेकामा अहिलेसम्म एक हजारले मात्र भोट हालेका जनाइएको छ

भैंँसेपाटी मतदानस्थलमा पुग्दा जे देखियो... (फोेटोसहित)

काठमाण्डौं,

ललितपुर महानगरपालिका वडा नम्बर १८ भैँसेपाटीस्थित मतदान केन्द्रमा मतदान गर्नेको भिडभाड छ ।

सिमसिम पानीको परवाह नगरी मतदाता मतदानमा आतुर देखिए । कोही छाता ओढेर आफ्नो मतदान गर्ने पालो कुरिरहेका थिए भने कोही ओत लागेका देखिन्थे ।

सिमसिम पानीको परवाह नगरी मतदाता मतदानमा आतुर देखिए ।

कोही छाता ओढेर आफ्नो मतदान गर्ने पालो कुरिरहेका थिए भने कोही ओत लागेका देखिन्थे ।

जनप्रतिनिधिहरु बाटोका छेउछाउमा मतदाता रिझाउँदै थिए । उनीहरु मतदातालाई नमस्कार गर्दै भोट मागिरहेका दृष्य रोमाञ्चक देखिन्थ्यो ।

किन की नेताहरुले मतदातालाई नमस्कार गर्ने समय नै यही हो । अघिपछि नेताले वास्ता नै नगर्ने गुनासो आम नागरिकबाट आइरहेकै छ । 

उक्त मतदानस्थलमा तीन हजार ३०० मतदाता रहेकामा अहिलेसम्म एक हजारले मात्र भोट हालेका जनाइएको छ ।

भैँसेपाटीस्थित सैंबुको वडा कार्यलयमा मतदान केन्द्रमा पुगेर नेपाल बिजनेश समाचारदाताले केही तस्वीर खिचेका छन् । ती तस्वीरहरु तल हेर्न सकिन्छ ।