२० माघ, २०८१ आइतबार

09:45:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्याङ्जा दुर्घटना : मतदानमा हिँडेका १३ को मृत्यु, १२ घाइते

Nepal Business

३० बैशाख, २०७९

उक्त जीप स्थानीय तहको निर्वाचनमा मत हाल्ने मतदाता बोकेर शिघ्रेदेखि वालिङतर्फ आउँदै थियो

स्याङ्जा दुर्घटना : मतदानमा हिँडेका १३ को मृत्यु, १२ घाइते

स्याङ्जा,
स्याङ्जा, वालिङ नगरपालिका–१४ पञ्चमूलमा शुक्रबार जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले दुर्घटनामा घाइते भएका सबैलाई थप उपचारका लागि पोखरा पठाइएको जानकारी दिनुभयो ।  उहाँका अनुसार ग २ च ३०२६ नम्बरको डबल क्याप पिकअप भ्यान सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको हो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले दुर्घटनामा घाइते भएका सबैलाई थप उपचारका लागि पोखरा पठाइएको जानकारी दिनुभयो । 

उहाँका अनुसार ग २ च ३०२६ नम्बरको डबल क्याप पिकअप भ्यान सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको हो ।

उक्त जीप स्थानीय तहको निर्वाचनमा मत हाल्ने मतदाता बोकेर शिघ्रेदेखि वालिङतर्फ आउँदै थियो । 

सोही क्रममा सडकबाट खसेको हो । वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाको नेतृत्वको प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार कार्य जारी राखेका छन् । 
निर्वाचनका कारण उद्धारमा समसया भएको जनाइएको छ । निर्वाचनमा सवारी चलाउन रोक लगाइएको थियो ।