निर्वाचित हुने र मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्ने भएको हुँदा पद, पैसा र पहुँचबाट प्रभावित नभई एवं निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुन आग्रह गर्नुभयो ।
काडमाडौँ,
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गर्नुभएको छ ।
मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी सही तरिकाले निर्धक्क भएर मतदान गर्नुहुन र मतदान कार्यलाई सम्पूर्णरूपले सफल बनाइदिनुहुन सबै मतदाताप्रति हार्दिक आग्रह गर्नुभएको छ ।
निर्वाचन हुने अघिल्लो दिन विहिबार सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी आपूmलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी सही तरिकाले निर्धक्क भएर मतदान गर्नुहुन र मतदान कार्यलाई सम्पूर्णरूपले सफल बनाइदिनुहुन सबै मतदाताप्रति हार्दिक आग्रह गर्नुभएको छ ।
उहाँले प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको र कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्ने भएको हुँदा पद, पैसा र पहुँचबाट प्रभावित नभई एवं निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुन आग्रह गर्नुभयो ।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सम्पूर्ण बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने महत्वपूर्ण दिन भएकाले निर्वाचनकै इतिहासमा पहिलो पटक मतदाताका रूपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले समेत मतदान गर्ने अवसर गौरवपूर्ण दिन पनि भएको पनि बताउनुभयो ।