२२ माघ, २०८१ मंगलबार

11:42:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चुरेमा वृक्षरोपणः वातावरणसँगै आर्थिक फलदायी

Nepal Business

१४ पुस, २०७८

जिल्ला वन कार्यालयसँगको सहकार्यमा भीम दल गणले १ हजार २ सय मगहनी, १ हजार मसला, ९ सय खयर, ९ सय तेजपत्ताका बिरुवा गरी ४ हजार बिरुवा लगाइएको गणपति प्रमुख सेनानी नीरज भण्डारीले बताउनुभयो ।

चुरेमा वृक्षरोपणः वातावरणसँगै आर्थिक फलदायी


काठमाण्डौं,  पुस १४


चुरे क्षेत्रको संरक्षणका लागि नेपाली सेनाको टोलीले रुपनीमा वृक्षरोपण सुरु गरेको छ । रुपनी गाउँपालिका–५ स्थित दुधैला खोला ईलाकामा नेपाली सेनाले वृक्षरोपण सुरु गरेको हो । वृक्षरोपणले वातावरणमा स्वच्छता ल्याउनुका साथै आर्थिक उपार्जन गर्न सहज हुने देखिन्छ ।

जिल्ला वन कार्यालयसँगको सहकार्यमा भीम दल गणले १ हजार २ सय मगहनी, १ हजार मसला, ९ सय खयर, ९ सय तेजपत्ताका बिरुवा गरी ४ हजार बिरुवा लगाइएको गणपति प्रमुख सेनानी नीरज भण्डारीले बताउनुभयो । वेक्षरोपण वातावरणसँग जोडिनुका साथै दीर्घकालमा आर्थिक उत्पादनसँग पनि यसको सम्बन्ध विस्तार हुने कुरामा जोड दिइएको थियो ।


सो क्षेत्रमा रहेको प्रसिद्ध शनि मन्दिरसम्मको बाटो बनाउने काममा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको र वृक्षरोपण अभियानलाई स्थानीयले निकै रुचाएको उपेन्द्र साहले बताउनुभयो ।

श्री नं २७ बाहिनीपति सहायक रथी हेमराज केसीको विशेष उपस्थितिमा भएको वृक्षरोपण कार्यक्रमका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सशस्त्र प्रहरी ६ नं गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठलगायत जनप्रतिनिधि, त्रिशक्ति र शनिदेव वन उपभोक्ता समितिका पदाधिकारीको सहभागिता थियो ।