२० बैशाख, २०८१ बिहिबार

01:30:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वका १०० शीर्ष टेक चेन्जमेकर्सहरुको सूचीमा एफवान सफ्ट समूहका अध्यक्ष विश्वास ढकाल

Nepal Business

२९ बैशाख, २०७९

एक करोड ८० लाख प्रयोगकर्ताहरुलाई अनलाइन भुक्तानी गर्न सहज बनाउनमा ढकालको ध्यान केन्द्रित रहेको

विश्वका १०० शीर्ष टेक चेन्जमेकर्सहरुको सूचीमा एफवान सफ्ट समूहका अध्यक्ष विश्वास ढकाल

काठमाण्डौं । रेस्ट अफ वर्ल्डले सार्वजनिक गर्ने विश्वका १०० शीर्ष टेक चेन्जमेकर्सहरुको सूचीमा एफवान सफ्ट समूहका अध्यक्ष विश्वास ढकाल पर्नु भएको छ । 

रेस्ट अफ वर्ल्डले ढकाल नेतृत्वको कम्पनीले निर्माण गरेका १२ वटा सोलुसनमध्ये ९० प्रतिशत बैंकहरुले कुनै न कुनै एउटा प्रयोग गर्ने उल्लेख गरेको छ। 

जसमा फोनपे, इसेवालगायत रहेको उल्लेख गरिएको छ। सन् २००४ मा इन्टरनेट र स्मार्टफोनको प्रयोग नेपालमा न्यून हुँदा नै एफवान सफ्ट स्थापना गरिएको थियो। 

अझै ९५ प्रतिशत जनसंख्या नगद कारोबारमै रहेको भन्दै ढकाल फोनपेको विस्तारमा अझै आक्रामक भएर अघि बढ्ने बताएका छन्।  एक करोड ८० लाख प्रयोगकर्ताहरुलाई अनलाइन भुक्तानी गर्न  सहज बनाउनमा ढकालको ध्यान केन्द्रित रहेको बताइएको छ।   

ढकालले २००४ देखि अहिलेसम्म डिजिटल भुक्तानीको नीतिगत सुधारदेखि लगानीमा रहेको चुनौतीलाई आत्मसाथ गर्दै एफवानसफ्टलाई विस्तार गर्दै लगेको रेस्ट अफ वर्ल्डले उल्लेख गरेको छ ।