८ मंसिर, २०८१ शनिबार
05:04:00 AM
२९ बैशाख, २०७९
अन्सारीलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीतासरण होटेलबाट निर्वाचनका समयमा पैसा बाँडेको अभियोगमा नियन्त्रणमा लिएको
काठमाण्डौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अन्सारीलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीतासरण होटेलबाट निर्वाचनका समयमा पैसा बाँडेको अभियोगमा नियन्त्रणमा लिएको हो ।
अन्सारीलाई नियन्त्रणमा लिएपछि केहि युवाहरुले होटल परिसरमा नारावाजी गरेका थिए ।
२०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको थियो ।
घटनाको थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।