२० माघ, २०८१ आइतबार
09:43:24 PM
२८ बैशाख, २०७९
आव २०७६/७७ मा कूल छ लाख ५० हजार १२८ अर्थात् ९७/२८ प्रतिशतले विवरण बुझाएकामा आव २०७७/७८ मा कूल छ लाख ८१ हजार २१५ अर्थात् ९७/७९ प्रतिशतले विवरण बुझाएका छन् ।
काठमाडौँ,
आर्थिक वर्ष २०७७/७८ मा कूल १५ हजार ४०९ ले सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ ।
आव २०७६/७७ मा कूल छ लाख ५० हजार १२८ अर्थात् ९७/२८ प्रतिशतले विवरण बुझाएकामा आव २०७७/७८ मा कूल छ लाख ८१ हजार २१५ अर्थात् ९७/७९ प्रतिशतले विवरण बुझाएका छन् ।
केन्द्रका अनुसार सङ्घीयतर्फ नौ हजार ७९७, प्रदेशतर्फ ५७४ र स्थानीय तहका पाँच जार ३८ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । केन्द्रका सचिव सुशीलचन्द्र तिवारीले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रतिवेदन बुझाउनुभएको हो ।
केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीका अनुसार प्रतिवेदन ग्रहण गर्दै प्रमुख आयुक्त राईले आगामी दिनमा आयोग र केन्द्रले एक अर्कामा समन्वय र सहकार्य बढाउने बताउनुभयो ।