४ जेठ, २०८१ शुक्रबार

01:50:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पानी नपर्दा मकै रोप्न पाएनन् जाजरकोटका किसानले

Nepal Business

२८ बैशाख, २०७९

शाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपे पनि ७०५ किसानको खेतबारी बाँझिएको खत्रीले बताउनुभयो ।

पानी नपर्दा मकै रोप्न पाएनन् जाजरकोटका किसानले

जाजरकोट, 

आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् ।

सिँचाइ सुविधा नभएका कारण आकाशे पानीकाभरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् ।

सिँचाइ सुविधा नभएका कारण आकाशे पानीकाभरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् ।

पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड– ८ का शेरबहादुर खत्रीले बताउनुभयो । 

वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपे पनि ७०५ किसानको खेतबारी बाँझिएको खत्रीले बताउनुभयो । 

त्यस्तै खेतमा धानको ब्याड राख्ने समय सुरु भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ । स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ । तर पानी अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन् ।

 असिनाले गहुँबालीमा क्षति पुर्याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा थिए । वर्षा नभएकाले जमिन बाँझो हुँदा पशुचौपायलाई चरिचरण पनि हुन नसकेको उनीहरुको भनाइ छ