१९ बैशाख, २०८१ बुधबार

11:50:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जी ७ राष्ट्रद्धारा रुसी कच्चा तेल आयातमा प्रतिबन्ध

Nepal Business

२८ बैशाख, २०७९

युक्रेनमाथिको आक्रमणलाई लिएर यी देशहरुले तेल आयात रोक्नलागेको बताएका हुन् ।

जी ७ राष्ट्रद्धारा रुसी कच्चा तेल आयातमा प्रतिबन्ध

वासिङटन । बलियो अर्थतन्त्र भएका विश्वका सात राष्ट्रको समूह जी ७ ले रुसी कच्चा तेल आयात रोक्ने प्रतिबद्धता जनाएका छन् । युक्रेनमाथिको आक्रमणलाई लिएर यी देशहरुले तेल आयात रोक्नलागेक हुन् ।

 

उनीहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पनि चर्को आलोचना गरेका छन् । जी ७ मा फ्रान्स, क्यानडा, जर्मनी, इटली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन् । यी सबै देश रुसी ऊर्जा उपभोगबाट अलग्गिन चाहेका छन् ।

 

पश्चिमा देशहरुले युक्रेनमाथि रुसले आक्रमण थालेपछि पुटिनविरुद्ध बलियो मोर्चाबन्दी गर्दै आएका छन् ।

 

यी देशले रुसको अर्थतन्त्रलाई धक्का दिन अनेक प्रतिबन्ध लगाइसकेका छन् । यी देशहरुले संयुक्त वक्तव्य निकाल्दै रुसप्रतिको ऊर्जा निर्भरता घटाई वैकल्पिक आपूर्ति खोज्ने सहमति भएको उल्लेख गरेका छन् ।

 

यसले रुसलाई भने अहिलेसम्मकै ठूलो धक्का दिने आकलन छ ।