८ मंसिर, २०८१ शनिबार
04:51:12 AM
२७ बैशाख, २०७९
भौगोलीक विकटतालाई सुगमतासंग जोड्दै कृषि, पर्यटन लगाएतका क्षेत्रलाई समेत आयआर्जनको स्रोत बनाउने प्रतिवद्धता
काभ्रे । एमालेको तर्फबाट काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाको अध्यक्ष उम्मेदवार बन्नुभएका जिताराम लामा राजनीतिक र सामाजिक क्षेत्रमा स्थापित नाम हो ।
कक्षा ७ देखी राजनीतिक रुपमा संगठित बन्नुभएका जिताराम लामा ८ कक्षा देखी सामाजिक क्षेत्रमा लाग्नुभएको थियो ।
एसएलसी पास गरेपछि काठमाण्डौमा पढाईका क्रममा लामाले त्रिचन्द्र क्याम्पसको क्याम्पस कमिटिमा बसेर समेत काम गर्नुभयो भने जिल्लास्तरीय, क्षेत्रीय किमिटिहरुमा पनि काम गर्नभयो ।
लामाले करिव ७ वर्ष गाउँकै स्कुलमा शिक्षकको काम पनि गर्नुभयो । जिल्लातहबाट सामाजिक क्षेत्रमा लाग्नुभएका लामा सामाजिक संघ संस्थाहरुको छाता संगठन गैर सरकारी संस्था महासंघको अध्यक्षका रुपमा समेत काम गर्नुभयो ।
उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न सामाजिक संघ संस्थामा रहेर ग्रामिण क्षेत्रको विकास, समृद्धि, शिक्षा, खानेपानी, स्थास्थ्य लगाएतका सचेतनाको विकास र रोजगार एंव स्वरोजगार विकास गर्ने विविध पक्षमा काम गर्नुभएको छ ।
राजनीतिक र सामाजिक क्षेत्रको लामो अनुभव संगाल्नुभएका लामाले आफुले चौंरीदेउराली गाउँपालिकालाई देशकै नमुना गाउँपालका बनाउने सोचका साथ आफ्नो अनुभवलाई गाउँको विकास र समृद्धिमा लगाउने उद्घोष गर्नुभएको छ ।
राजनीतिक रुपमा जुन पार्टीको चुनाव चिन्ह् लिएर निर्वाचनमा सहभागि भएपनि आफ्नो लक्ष्य नै समग्र चौंरी देउराली गाउँपालकाको विकास, नागरिकको जीवनस्तरमा सुधार, युवाहरुलाई रोजगारीको व्यवस्था र स्वरोजगारका क्षेत्रहरु पहिल्याउन सबैको सरसल्लाहमा अगाडि बढ्ने बताउनुभएको छ ।
भौगोलीक विकटतालाई सुगमतासंग जोड्दै कृषि, पर्यटन लगाएतका क्षेत्रलाई समेत आयआर्जनको स्रोत बनाउने प्रतिवद्धता लामाले व्यक्त गर्नुभएको छ ।