६ मंसिर, २०८१ बिहिबार
08:54:07 PM
२७ बैशाख, २०७९
कतिपय नागरिक निजी गाडी तथा सार्वजनिक सवारी साधनमा जिल्ला गइरहेका छन् भने कतिपय नागरिक उम्मेदवार र राजनीतिक दलका झण्डा र चुनाव चिह्नसहित 'रिजर्व' गाडीमा गइरहेका पनि देखिएको छ ।
नारायण ढुंगाना,
काठमाडौँ,
विभिन्न पेशा व्यवसायका कारण काठमाडौँ उपत्यकामा रहेका नागरिक स्थानीय तह निर्वाचनका लागि जिल्ला फर्कने क्रम बढेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयअनुसार विगत केही दिनदेखि उपत्यकाबाट जिल्ला फर्कने मानिस बढेका छन् ।
मतदाता नामावली जिल्लामा रहेकाले यही वैशाख ३० गते हुने मतदानमा मताधिकार प्रयोगका लागि उपत्यका छाडेका उनीहरूले बताएका छन् ।
मतदाता नामावली जिल्लामा रहेकाले यही वैशाख ३० गते हुने मतदानमा मताधिकार प्रयोगका लागि उपत्यका छाडेका उनीहरूले बताएका छन् ।
ट्राफिक प्रहरीका अनुसार अहिले दैनिक काठमाडौँ आउनेभन्दा बाहिरिने बढिरहेका छन् । यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । औषतमा दैनिक १० देखि १५ हजार मानिसले उपत्यका छाडिरहेका छन् ।
कार्यालयका अनुसार सोमबारको तथ्याङ्क हेर्दा उपत्यकाबाट ७ हजार ९११ सवारीमार्फत ५५ हजार ७४६ यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिने सङ्ख्या भने ४२ हजार ५४४ छन् ।
अघिपछि दैनिक भित्रिने र बाहिरिने मानिसको सङ्ख्या बराबरजस्तै हुने गरेकामा अहिले भने १० देखि १५ हजार बढी बाहिरिएका छन् । अबको दुई दिन यो क्रम अझै बढ्ने छ ।
यसमा निजी गाडी र रिजर्भ गाडीमा गएका यात्रुको सङ्ख्या भने जोडिएको छैन । कतिपय नागरिक निजी गाडी तथा सार्वजनिक सवारी साधनमा जिल्ला गइरहेका छन् भने कतिपय नागरिक उम्मेदवार र राजनीतिक दलका झण्डा र चुनाव चिह्नसहित रिजर्व गाडीमा गइरहेका पनि देखिएको छ ।
ती नागरिकले उम्मेदवार तथा दलका प्रतिनिधिले नै गाडी रिजर्व गरेकाले मतदानका लागि जिल्ला गएको प्रतिक्रिया दिएका छन् । यसपालि निर्वाचनको समयमा कुनै पनि आपराधिक गिरोहको सक्रियता नभएकाले पनि निर्वाचनको माहोल बढी नै तातेको छ ।
यसपालि निर्वाचनमा एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ ।
सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।
सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।
यसपटक सबै स्थानीय तहमा एकैचोटी निर्वाचन हुँदैछ । मंगलबार (आज) राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । त्यस अवधिमा प्रचारप्रसारका कार्यक्रम बन्द गर्नुपर्ने छ भने त्यसै समयदेखि नै अन्तर्राष्ट्रिय सीमानाकासमेत बन्द हुनेछ । rss