२० बैशाख, २०८१ बिहिबार

02:59:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बाराका रामकुमार दासको स्विट्जरल्याण्ड प्रदेश सांसदमा उम्मेदवारी

Nepal Business

२७ बैशाख, २०७९

कलैया स्थायी घर भएका ४२ वर्षीय दास सोसल डेमोक्रयाटिक पार्टी अफ स्विट्जरल्याण्ड (एसपी)बाट चुनावी मैदानमा उत्रिनु भएको हो ।

 बाराका रामकुमार दासको  स्विट्जरल्याण्ड प्रदेश सांसदमा उम्मेदवारी

बार्सिलोना । स्विट्जरल्याण्डको ग्राउबुन्डेन प्रदेशमा (क्यान्टोन) नेपाली मूलका रामकुमार दासले प्रदेश सांसद पदमा उम्मेदवारी दिनु भएको छ।

बारा जिल्लाको कलैया स्थायी घर भएका ४२ वर्षीय दास सोसल डेमोक्रयाटिक पार्टी अफ स्विट्जरल्याण्ड (एसपी)बाट चुनावी मैदानमा उत्रिनु भएको हो । 

तीन हप्तादेखि जारी मतदानको नजिता भने मे १५ मा सार्वजनिक हुँदैछ । अधिकांशभन्दा बढीले पोष्टलमार्फत मतदान गरिसकेका छन्।

सन् २००८ देखि स्विट्जरल्याण्डमा बस्दै आउनु भएका उहाँ  स्विट्जरल्याण्डको राजनीतिमा लागेर प्रदेश सांसद पदमा उम्मेदवारी दिने सम्भवत नेपाली मुलका पहिलो व्यक्ति हुनुहुन्छ। स्विट्जरल्यान्ड पुरानो संघीय मुलुक हो जहाँ २६ वटा प्रदेश (क्यान्टोन) छन् ।

उहाँ ग्राउबुन्डेन प्रदेशको सदरमुकाम खुर क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ। नेपालमा छँदा पत्रकारितामा सक्रिय रहनु भएको उहाँ स्विट्जरल्याण्डमा आएपछि भने स्टाफ नर्स अध्ययन गर्दै त्यही पेसालाई अपनाउनु भएको थियो ।