२ जेठ, २०८१ बुधबार

08:29:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१३ अर्ब ६८ करोड लागतको रसुवागढी जलविद्युत निर्माणको अन्तिम चरणमा

Nepal Business

२७ बैशाख, २०७९

हाल इलेक्ट्रोमेकानिकलतर्फ उपकरण जडान भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

 १३ अर्ब ६८ करोड लागतको रसुवागढी जलविद्युत निर्माणको अन्तिम चरणमा

रसुवा । रसुवागढी जलविद्युत् आयोजना निर्माणको काम ९० प्रतिशत सकिएको छ। रसुवाको गोसाइँकुण्ड–२ टिमुरेमा रहेको आयोजना (१११ मेगावाट)ले मंसिरभित्रै उत्पादन गरिसक्ने लक्ष्य राखेको छ। 

हाल इलेक्ट्रोमेकानिकलतर्फ उपकरण जडान भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ । अहिलेसम्म ४० प्रतिशत उपकरण जडान सकिएको र कम्पनीले त्यसै कामलाई जोड दिइरहेको बताएको छ ।

उपकरण जडानको काममा ढिलाइ भएका कारण उत्पादन समयपछि धकेलिएको आयोजनाले जनाएको छ। कोभिड–१९ का कारण देखाएर भारत फर्किएको टोली ढिलो फर्किएकोले काममा ढिला भएको जनाइएको छ । 

इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको भोइठ हाइड्रो इन्डियाले २०७८  कात्तिकदेखि काम सुरु गरेको गरेको थियो। तोकिएको समयमै काम सम्पन्न गर्ने गरी योजना बनाएर काम गरिरहेको कम्पनीको दावी छ।

सिभिलतर्फ  दुई सय र इलेक्ट्रोमेकानिकलमा ६० जना भन्दा बढी जनशक्ति खटिएका छन्। २०७० माघदेखि आयोजना निर्माण सुरु भएको हो। 

सुरुमा २०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे थियो। भूकम्प र नाकाबन्दीका कारण ढिला भएको हो। भूकम्पपछि आयोजना क्षेत्रको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए। 

आयोजनाबाट वार्षिक ६ सय १३.८७ गेगावाट विद्युत् उत्पादन हुनेछ। विद्युत् उत्पादन गर्न थालेपछि दैनिक सवा करोड आम्दानी हुनेछ। निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२  लाख रुपैयाँ रहेको छ।