२० माघ, २०८१ आइतबार
11:49:54 PM
२७ बैशाख, २०७९
०७७/७८मा ८ खर्ब ४६ अर्ब खर्च चालु खर्च गर्दा २ खर्ब २८ अर्ब मात्र पूँजीगत बजेट थियो ।
काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षदेखि साधारण बजेट (चालु) खर्चमा कटौती गर्ने भएको छ । अर्थमन्त्रालयले सबै मन्त्रालयहरुलाई यस विषयमा जानकारी गराइसकेको बताएको छ ।
पछिल्ला वर्षहरुका पूँजीगत खर्चको आकार घट्दै जाने र साधारण खर्चको आकार बढ्दै गइरहेको छ । जसले विकासका काम गर्न सार्वजनिक ऋण लिनुपर्ने बाध्यता बढाउँदै लगेको छ ।
पछिल्ला केही वर्षदेखि राजस्वको ७० प्रतिशतभन्दा बढी हिस्सा चालु खर्चमै सकिने अवस्थाको कारण सरकार यसको कटौतीको गृहकार्यमा जुटेको हो ।
साधारण खर्चको उत्पादन र रोजगारी सृजनामा योगदान रहदैन । तसर्थ सरकार यसको कटौती गर्न अगाडि बढेको छ ।
कस्तो छ चालु खर्चको अवस्था ?
चालु आर्थिक वर्ष २०७८/७९मा अहिलेसम्म ७ खर्ब १२ अर्ब चालु खर्च हुँदा पूँजीगततर्फ १ खर्ब १७ अर्ब मात्रै खर्च भएको छ ।
नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेपछि आर्थिक वर्ष २०६३ /६४ मा सरकारले ७७ अर्ब १२ करोड चालु खर्च गरेको थियो । ३९ अर्ब ७२ करोड रुपैयाँ विकास बजेटमा खर्च भएको थियो । त्यतिबेला चालु र पूँजीगत खर्चको अनुपात ६६ः३४ थियो ।
बढ्दै जाने अपेक्षा भए पनि गत आर्थिक वर्षसम्म आइपुग्दा यस्तो अनुपात ७५ः२५मा झरेको छ ।
आर्थिक वर्ष २०६४/६५ मा ९१ अर्ब ४४ करोड चालु खर्च हुँदा ५३ अर्ब ५१ करोड विकास खर्च भएको थियो । आव २०६५/६६ मा १ खर्ब २७ अर्ब चालु खर्च गरेको सरकारले ७३ अर्ब ८ करोड विकास खर्चमा लगाएको थियो ।
आर्थिक वर्ष २०६६/६७ मा पनि पूँजीगत र चालु खर्चको अन्तर बढ्ने क्रम रोकिएन । सो वर्ष १ खर्ब ५१ अर्ब चालु खर्च हुँदा सरकारले ९० अर्ब २३ करोड मात्रै पूँजीगत खर्च गर्न सक्यो ।
आर्थिक वर्ष २०६७/६८ मा १ खर्ब ७० अर्ब चालु खर्च भयो भने पूँजीगत खर्च पहिलोपटक १ खर्ब नाघ्दै १ खर्ब ७ अर्बमा पुग्यो । आर्थिक वर्ष २०६८/६९ मा २ खर्ब ४३ अर्ब चालु खर्च भयो । तर, यो वर्ष पूँजीगत खर्च आधा घट्यो । ५१ अर्ब ३९ करोड मात्रै पूँजीगत खर्च हुन सक्यो ।
आर्थिक वर्ष २०६९/७० मा २ खर्ब ४७ अर्ब चालु खर्च हुँदा ५४ अर्ब ५९ करोड मात्रै विकास खर्च भयो । आव २०७०/७१ मा पनि विकास खर्च १ खर्बभन्दा माथि जान सकेन । सो वर्ष ३ खर्ब ३ अर्ब चालु खर्च हुँदा ६६ अर्ब ६९ करोड मात्रै विकास बजेट खर्च भयो ।
आर्थिक वर्ष ७६/७७मा ७ खर्ब ८६ अर्ब चालु र १ खर्ब ९१ अर्ब पूँजीगत खर्च भएको थियो।
आर्थिक वर्ष २०७१/७२ मा पनि यही क्रम जारी रह्यो । सो वर्ष ३ खर्ब ३९ अर्ब चालु खर्च गरेको सरकारले विकास खर्च भने ८८ अर्ब ८४ करोड मात्रै गर्न सक्यो । आर्थिक वर्ष २०७२/७३ मा बल्ल विकास खर्चले पुनः एकपटक १ खर्ब पार गर्यो । सो वर्ष ३ खर्ब ७१ अर्ब चालु गर्च गरेको सरकारले १ खर्ब २३ अर्ब पूँजीगत खर्च गर्यो ।
आर्थिक वर्ष २०७३/७४ मा चालु खर्च ५ खर्ब १८ अर्ब पुग्यो । विकास बजेट भने २ खर्ब ८ अर्ब मात्र खर्च भयो ।आर्थिक वर्ष २०७४/७५मा ६ खर्ब ९६ अर्ब चालु खर्च हुँदा पूँजीगत खर्च २ खर्ब ७० अर्ब थियो । उक्त आर्थिक वर्षमा ७५/७६मा ७ खर्ब १६ अर्ब चालु र २ खर्ब ४१ अर्ब पूँजीगत खर्च भएको छ ।
आर्थिक वर्ष ७६/७७मा ७ खर्ब ८६ अर्ब चालु र १ खर्ब ९१ अर्ब पूँजीगत खर्च भएको थियो। ०७७/७८मा ८ खर्ब ४६ अर्ब खर्च चालु खर्च गर्दा २ खर्ब २८ अर्ब मात्र पूँजीगत बजेट थियो । चालु आर्थिक वर्ष २०७८/७९मा अहिलेसम्म ७ खर्ब १२ अर्ब चालु खर्च हुँदा पूँजीगततर्फ १ खर्ब १७ अर्ब मात्रै खर्च भएको छ ।