२० माघ, २०८१ आइतबार
11:46:12 PM
२७ बैशाख, २०७९
कार्यालयले मंगलवार विभिन्न सरकारी निकायहरूको सिफारिसमा उक्त कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।
काठमाण्डौं । सार्वजनिक खरिद अनुगमन कार्यलयले एकै दिनमा सात कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले समयमा काम नगर्ने सात कम्पनीलाई कालोसूचीमा राखेको हो । खरिद अनुगमन कार्यालयले मंगलवार विभिन्न सरकारी निकायहरूको सिफारिसमा उक्त कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।
कार्यालयका अनुसार कालोसूचीमा पर्ने कम्पनीहरुमा भक्तपुर नगरपालिकाको सिफारिसमा आत्रेय निर्माण सेवा प्रालिलाई २ वर्ष, प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालय सिफारिसमा एसियन लेटर इण्डस्ट्रिज प्रालि र मोर्डन सुज प्रालि जेभीलाई ३ वर्ष, टोखा नगरपालिकाको सिफारिसमा जीवाई कन्ट्रक्सन प्रालिलाई १ वर्ष कालोसूचीमा राखेको हो ।
यसैगरी कार्यालयले कारागार कार्यालय कपिलवस्तुको सिफारिमा गोल्डफिस इन्जिनियरिङ एण्ड कन्ट्रक्सन प्रालिलाई १ वर्ष, जिल्ला समन्वय समितिको कार्यालय हेटौंडाको सिफारिसमा मिलेनियम शंकरमाली जेभी कोटेश्वरलाई २ वर्ष, शहिदमार्ग सडक योजना रोल्पाको सिफरिसमा एसएच इन्फ्राटेक प्रालिलाई ३ वर्ष र सडक पूर्वाधार विकास कार्यालय पाल्पाको सिफारिसमा श्रेष्ठ निर्माण सेवा पाल्पालाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।