२२ माघ, २०८१ मंगलबार
11:52:47 AM
१३ पुस, २०७८
५ लाख मदिरा सम्बद्ध रोजगारी सृजना ,२४ प्रतिशत राजस्वमा मदिराले सहयोग
काठमाण्डौं, पुस १३
विदेशबाट वार्षिक करिब ५ अर्बको मदिरा भित्रिने गरेको मदिरा सम्बद्ध व्यवसायीहरुले बताउनु भएको छ । नेपालमा ५०.५ प्रतिशत घरेलु मदिराको कारोबार हुने गरेपनि यसले बजार अपुग भई विदेशी मदिरा आउने गरेको हो ।
उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा सहभागीले नेपालमा अझै पनि वार्षिक ५ अर्ब भन्दा बढी मूल्य बराबरको मदिरा भित्रिने गरेको बताउनु भयो। मदिराले आमजनतालाई धेरै असर पारेकाले त्यसको निश्चित समय र स्थानमा मात्र कारोबार गर्न उनीहरुले माग पनि गर्नुभयो ।
मदिराको नियमन खासै नभएको, केही कानून संशोधन गर्नुपर्ने, मदिराको जथभावी प्रयोगले गर्दा घरदेखि समाजसम्म विकृति फैलिएको, सवारी दुर्घटना बढेकोलगायतका कारण यसको कारोबार व्यवस्थित पार्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
मदिरा व्यवसायी महासंघका महासचिव तारा ढुंगनाले ५ लाख जना मदिरा व्यवसायसँग आवद्ध भई प्रत्यक्ष रोजगार प्राप्त भएको तथा करिब २४ प्रतिशत राजस्वमा मदिराले सहयोग पु¥याएको बताउनु भयो ।