२० माघ, २०८१ आइतबार
11:38:44 PM
२६ बैशाख, २०७९
सो तालिममा २० जना सशस्त्र प्रहरी जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागी
काठमाण्डौं । नेपाल विपद् व्यवस्थापन तालिम गोताखोर ‘डिप वाटर डाइभिङ’ सुरु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको सहकार्यमा पाँच हप्ता लामो तालिम संचालन भएको हो ।
सो तालिक कार्यक्रमको उद्घाटन राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव हरिप्रसाद घिमिरेले गर्नुभयो ।
सो तालिममा २० जना सशस्त्र प्रहरी जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन्। साथै तालिम अवधीभर प्रशिक्षार्थीहरुलाई कोशी नदि, फेवाताल, कुलेखानी लगायतका फरक फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण दिईने छ ।
यूएनडीपी नेपालको सहयोगमा मित्रराष्ट्र बंगलादेशमा संचालन भएको गोताखोर तालिम असार १४ गतेसम्म सञ्चालन हुनेछ ।