७ बैशाख, २०८२ आइतबार
12:06:25 AM
२५ बैशाख, २०७९
प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने भन्दै उहाँले भन्नुभयो, “यहाँ विजयी सुवेदीलाई जिताउनुहोस्, विकासको जिम्मा मेरो ।”
चितवन,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासको जिम्मा आफूलाई दिन आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) चितवनले आइतबारआयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले एमालेका उम्मेदवारले जित हासिल गरेमा विकासको जिम्मा आफ्नो हुने बताउनुभयो ।
नेकपा (एमाले) चितवनले आइतबारआयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले एमालेका उम्मेदवारले जित हासिल गरेमा विकासको जिम्मा आफ्नो हुने बताउनुभयो ।
प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने भन्दै उहाँले भन्नुभयो, “यहाँ विजयी सुवेदीलाई जिताउनुहोस्, विकासको जिम्मा मेरो ।”
सुवेदीको पार्टीको माथिल्लो नेतृत्वसँग हटलाइन सम्बन्ध भएको भन्दै उहाँले विकासमा पहुँच पुग्ने बताउनुभयो ।
भरतपुर महानगरलाई आधुनिक सहरसँग स्मार्ट सिटी बनाउनुपर्ने भन्दै उहाँले यो काम सुवेदीबाट सम्भव भएको बताउनुभयो ।
गठबन्धन लामो समय नटिक्ने भन्दै उहाँले निर्वाचन खटिने राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरीसँग परोक्ष र प्रत्यक्ष भूमिका खेल्ने सबैलाई विचलित नभई निर्वाचन निष्पक्ष बनाउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “एमाले र एमालेको नेतृत्वको यस अभियानमा कुनै सहयोग गर्नु पर्दैन, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुहोस् ।” उहाँले थप्नुभयो, “निर्वाचनपछि एमालेको सरकार बन्छ ।”