२ जेठ, २०८१ बुधबार

03:46:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सबै आन्तरिक उडान बन्द हुने

Nepal Business

२५ बैशाख, २०७९

सबै आन्तरिक उडान बन्द हुने

 काठमाण्डौं । वायुसेवा सञ्चालक सङ्घ, नेपालले आगामी वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । 

निर्वाचन आयोगको स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् । 

सङ्घले आइतबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।