२७ फागुन, २०८१ मंगलबार

10:49:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठसहित)

Nepal Business

२५ बैशाख, २०७९

आयोगले महतोलाई सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घुस लिएकोविरुद्ध आइतबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको

प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले महतोलाई सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घुस लिएकोविरुद्ध आइतबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 

महतोले लेनदेन केस मिलाई दिने भनी सेवाग्राहीसँग ३८ हजार घुस माग गरेको बारे आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट टोली खटिएको थियो ।

सोहि टोलीले महतोलाई सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बैशाख ६ गते नियन्त्रणमा लिएको थियो ।