२० माघ, २०८१ आइतबार
10:45:22 PM
२४ बैशाख, २०७९
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव जस्तै छ ।
नेपाल विजनेश समाचारदाता,
चितवन,
चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तरगत ईच्छाकामना गाँउपालिका वडा नं ६ तोपे खोलामा शनिबार (आज) साँझ साँढे ७ बजे ठुलो पहिरो खसेको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार त्यहाँ सुख्खा पाहिरो खसेर बाटो वरुद्व भएको हो । मुग्लिनबाट १ र भरतपुरबाट १ जेसिवि त्यसतर्फ पठाइएको छ । पहिरो नरोकिएकोले बाटोमा खसेको माटो पन्छाउने कार्य पनि शुरु हुन नसकेको चितवन प्रहरीले जानकारी दिएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका कारण यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण शनिबार पहिरो हटाउन असम्भव जस्तै छ ।
मुग्लिन हुँदै नारायणढतर्फ आउने सवारीसाधन मुग्लिनमा रोकिएका छन् भने नारायणगढबाट मुग्लिन हुँदै जाने सवारीसाधनलाई जुगेडीतर्फ नै रोकिएको छ