४ जेठ, २०८१ शुक्रबार

05:47:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

८० बाली-वस्तुका ७२३ जात विकास

Nepal Business

२४ बैशाख, २०७९

सरकारले नार्कको स्थापना विसं २०४८ मा गरेको थियो । स्थापनाअघि धानको ३२, मकैको १२, गहुँको १९ र अन्य बालीको ४६ थरीका बीउबाट खेती गरिँदै आएको थियो ।

८० बाली-वस्तुका ७२३ जात विकास

काठमाडौँ,

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ८० बाली वस्तुका ७२३ जात विकास गरेको छ । 

नार्क स्थापना भएपछि धानको १५६, मकैको ८९, गहुँको ३६ र अन्य बालीको ३६५ नयाँ जातको विकास भएको छ । 

नार्क स्थापना भएको ३१ औँ वार्षिकोत्वसवका अवसरमा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नार्कका कार्यकारी निर्देशक डा दीपक भण्डारीले नार्क स्थापना भएपछि धानको १५६, मकैको ८९, गहुँको ३६ र अन्य बालीको ३६५ नयाँ जातको विकास भएको छ । 

सरकारले नार्कको स्थापना विसं २०४८ मा गरेको थियो । स्थापनाअघि धानको ३२, मकैको १२, गहुँको १९ र अन्य बालीको ४६ थरीका  बीउबाट खेती गरिँदै आएको थियो । 

नेपालमा उत्पादन बढाउन  किसानले धेरै जसो वर्णशङ्कर बीउको प्रयोग गर्छन् । त्यस्ता बीउ भारतलगायत अन्य मुलुकबाट आयात हुन्छ । 

यहाँ नयाँनयाँ जातका बीउको उन्मोचन भए पनि बीउको परनिर्भरता भने घटेको छैन । विसं २०६९ को भन्सार विभागको तथ्याङ्कमा झन्डै रु ५५ करोडको धानको बीउको आयात भएको उल्लेख छ । 

त्यसो त पछिल्लो पटक, नेपाल अन्नबालीमा मात्र नभई फलफूल तथा तरकारी बालीका बीउमा समेत परनिर्भर हुन थालेको छ । किसान बीउ रोज्न र खोज्न बीउ बिजन बिक्री गर्ने विभिन्न पसलमा पुग्छन् । 

विभिन्न थरीका बहुराष्ट्रिय कम्पनीले बिक्री वितरणमा ल्याएको नक्कली बीउका कारण सरकारले क्षतिपूर्ति व्यहोर्दै आएको छ ।