२० माघ, २०८१ आइतबार

10:53:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुर्खेतमा स्कार्पियो र मिनीबसमा आगजनी

Nepal Business

२४ बैशाख, २०७९

माओवादी र काँग्रेसको झण्डा राखेको एउटा गाडी र अर्काे एमालेको झण्डा राखेको गाडीमा आगजनी, मान्छे अपरिचित

सुर्खेतमा स्कार्पियो र मिनीबसमा आगजनी

सुर्खेत,
सुर्खेतको वीरेन्द्रनगर मङ्गलगढी चोकमा स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि झण्डा राखिएका दुई गाडीमाथि आगजनी गरिएको छ ।

प्रहरी र दमकलको सहयोगमा अपराह्न ३ बजे आगो नियन्त्रणमा लिइएको जनाउँदै प्रहरी नायब उपरीक्षक घर्तीले  मिनीबसका सबै सिट जल्नुका साथै सिसा फुटेको बताउनुभयो । आगजनी गर्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 

शनिबार अपराह्न २ बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी चोक नजिकै सत्कार होटल सडक छेउमा रोकी राखेको बा१४च ६८३१ नम्बरको नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको झण्डा राखिएको स्कार्पियो गाडीमा अपरिचित व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आगजनीबाट स्कार्पियोको पछिल्लो टायर जलेको र प्रहरीले तत्काल आगो नियन्त्रण लिँदा बाँकी क्षति हुनबाट जोगिएको छ ।  

यता प्रहरीले आगो नियन्त्रण गर्दैगर्दा मङ्गलगढी चोकबाट ७०० मिटर पश्चिममा रहेको तीनतोली होटल अगाडि रोकी राखेको अर्को गाडीमा अपरिचित व्यक्तिले आगो लगाएको उहाँले बताउनुभयो । 

रोकेको नेकपा (एमाले)को झण्डा र माइक राखेको क प्र ०२–००१ प ००६१ नम्बरको मिनीबसमा आगजनी गरिएको थियो । 

प्रहरी र दमकलको सहयोगमा अपराह्न ३ बजे आगो नियन्त्रणमा लिइएको जनाउँदै प्रहरी नायब उपरीक्षक घर्तीले  मिनीबसका सबै सिट जल्नुका साथै सिसा फुटेको बताउनुभयो । 

आगजनी गर्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।