२६ बैशाख, २०८१ बुधबार

07:17:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल टेलिकमले ल्यायो निर्वाचन अफर, के के छन् अफरहरु ?

Nepal Business

२४ बैशाख, २०७९

यो अफर आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताउनु भयो ।

नेपाल टेलिकमले ल्यायो निर्वाचन अफर,  के के छन् अफरहरु ?

काठमाण्डौं । आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने घोषणा गरेको छ । 

अफर अनुसार ९८ रुपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको यो कम्पनीले जनाएको छ ।

यो अफर आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताउनु भयो ।  कम्पनीका अनुसार ३ दिन सम्म  सबै नेटवर्कमा २ सय मिनेट कुराकानी गर्न सकिने २ सय मिनेट भ्वाइस प्याक जम्मा ९८ मा उपलब्ध हुनेछ ।

यस्तै ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३ सय वटा एसएमएस सहितको ३ सय एसएमएस प्याक पनि ९८ मा उपलब्ध हुनेछ । 

यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ मा खरिद गर्न सकिने छ ।  निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले गरेको छ ।