२ जेठ, २०८१ बुधबार

08:31:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गत वर्ष खेर गएको बिजुलीको मूल्य ५ अर्ब, खेर जान नदिने रणनीति के ?

Nepal Business

२४ बैशाख, २०७९

नेपालभित्र कूल खपत झण्डै १ हजार ६ सय मेगावाट बराबर मात्रै छ ।

गत वर्ष खेर गएको बिजुलीको मूल्य ५ अर्ब,   खेर जान नदिने रणनीति के ?

काठमाण्डौं । अघिल्लो वर्षको मनसुनमा झण्डै ५ सय मेगावाट बराबरको बिजुली खेर गयो । यसको बजार मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै ५ अर्ब बराबरको थियो । 

पूनः केही समयपछि नेपालमा मनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा जल सतह बढ्न थाल्छ र बिजुली उत्पादन बढ्न पुग्छ ।

सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन् । नेपालको कुल जडित क्षमता २ हजार २ सय मेगावाटको हाराहारीमा पुगेको छ । यसैगरी नेपालभित्र कूल खपत झण्डै १ हजार ६ सय मेगावाट बराबर मात्रै छ ।

हिउँदमा कम हुने र वर्षामा खेर जाने प्रवृत्तिको अन्त्यका लागि सरकारले विशेष पहल गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको केही समय पहिलेको भारत भ्रमणमा ३६४ मेगावाट बिजुली बिक्रीका लागि सहमति भएको छ । 

देशभित्रै क्रमशः अन्य जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् ।

दोर्दी करिडोरको उक्त आयोजनाले परीक्षण उत्पादनका रुपमा ३० मेगावाट बिजुली प्रणालीमा जोडिसकेको छ । सोही करिडोरका अन्य आयोजनाहरु पनि केही समयभित्रै निर्माण सम्पन्न हुँदैछन् ।