८ मंसिर, २०८१ शनिबार

01:40:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उत्तर कोरियाको आणविक गतिविधि तिब्र, शनिबार १५ औं प्रक्षेपण

Nepal Business

२४ बैशाख, २०७९

जापानको तटीय गार्डले उत्तर कोरियाले प्रहार गरेको हतियार व्यालिस्टिक मिसाइल हुन सक्ने भन्दै आफ्ना जहाजलाई सचेत हुन चेतावनी दिएको छ ।

उत्तर कोरियाको आणविक गतिविधि तिब्र,  शनिबार १५ औं प्रक्षेपण

एजेन्सी । उत्तर कोरियाले शनिबार आफ्नो पूर्वी तटको सागरमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ । तीन दिनअघि पनि प्योङयाङले पूर्वी तटमा क्षेप्यास्त्र प्रहार गरेको थियो । 

उत्तर कोरियाले पूर्वी सागरमा कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको सियोलका संयुक्त चिफ अफ स्टाफ बताउनु भयो ।  जापानको तटीय गार्डले उत्तर कोरियाले प्रहार गरेको हतियार व्यालिस्टिक मिसाइल हुन सक्ने भन्दै आफ्ना जहाजलाई सचेत हुन चेतावनी दिएको छ ।

यो प्रक्षेपण सम्भवतः आणविक हतियार सम्पन्न देशको यो वर्ष अहिलेसम्मको १५ औं हतियार परीक्षण हो ।

अन्तर्राष्ट्रिय प्रतिबन्धबीच उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रमलाई तीब्रता दिएको छ । उत्तर कोरियाले आफ्ना आणविक गतिविधिलाई तीब्र पार्ने चेतावनी दिँदै आएको पनि छ । अमेरिकाको वार्ता प्रस्तावलाई अस्वीकार गर्दै उत्तर कोरियाले नाटकीय ढंगले आफ्ना आणविक गतिविधि तीब्र पारेको छ । 

उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर अमेरिकाले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।