२२ माघ, २०८१ मंगलबार
11:52:04 AM
१३ पुस, २०७८
असोजसम्मको सार्वजनिक ऋण १७ अर्ब २३ करोड
काठमाण्डौं, पुस १३
आर्थिक वर्षको तीन महिना साउनदेखि असोजसम्म १९ अर्ब ४९ करोड भन्दाबढी सार्वजनिक ऋण थपिएको छ । यस अवधिका ४२ अर्ब सार्वजनिक ऋण तिरिएको पनि छ । तीन महिनाको अवधिमा बाह्य ऋण १.६२ प्रतिशत बढ्यो भने आन्तरिक ऋण ३.६१ प्रतिशतले घट्यो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७८÷७९ को साउनदेखि असोजसम्म सरकारले १९ अर्ब ४९ करोड रकम बराबरको बाह्य ऋण लिएको हो तर समीक्षा अवधिमा सरकारले आन्तरिक ऋण भने लिएको छैन ।
यसै आवको तीन महिनामा सरकारले बाह्यतर्फ ५ अर्ब १७ करोड र आन्तरिकतर्फ २९ अर्ब गरी कुल ३४ अर्ब १७ करोड ऋण भुक्तानी गरेको छ । त्यस्तै बाह्य ऋणबापत सरकारले १ अर्ब ६२ करोड र आन्तरिक ऋणतर्फ ६ अर्ब १३ करोड रुपियाँ ब्याज रकम पनि भुक्तानी गरेको छ । ब्याजसहित सरकारले पहिलो त्रैमासमा ४१ अर्ब ९३ करोड रुपियाँ भुक्तानी गरेको छ ।
बाह्यतर्फ नेपालले सबैभन्दा बढी बहुपक्षीय दातृ संस्थाबाट १६ अर्ब ३१ करोड रुपियाँ ऋण लिएको छ । त्यसैगरी द्विपक्षीय दातृ निकायबाट तीन अर्ब १८ करोड रुपियाँ ऋण लिएको छ ।
नेपालको कुल सार्वजनिक ऋणको आकार गत आर्थिक वर्षको तुलनामा केही घटेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म १७ अर्ब ३७ करोड कुल सार्वजनिक ऋण रहेकामा प्रथम त्रैमासमा घटेर १७ अर्ब २३ करोड पुगेको छ ।