८ मंसिर, २०८१ शनिबार
12:23:10 AM
२३ बैशाख, २०७९
पाँच बर्षको अवधिमा भएका कामहरुको बारेमा जनतालाई जानकारी गराउनुपर्ने भएपनि कसैले पनि यसलाई ध्यान दिन नसकेको
काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको दशक रोजगारीको दशक हुने बताउनुभएको छ ।
शुक्रबार काठमाण्डौंमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ नेपाली कांग्रेसको संकल्पः प्रस्ताव र बहस’ विषयक कार्यक्रममा थापाले प्रत्येक वर्ष पाँच लाख रोजगारी सिर्जना हुने गरी कृषि, पर्यटन, ऊर्जा आदि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर अघि बढ्ने मार्गचित्रसहित कांग्रेसले संकल्प लिएको बताउनुभएको हो ।
यसअघि पाँच बर्षको अवधिमा भएका कामहरुको बारेमा जनतालाई जानकारी गराउनुपर्ने भएपनि कसैले पनि यसलाई ध्यान दिन नसकेको उहाँले बताउनुभयो ।
यस्तै उहाँले समुन्नत नेपालको राष्ट्रिय संकल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको जिकिर गर्नुभयो ।
संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको व्यावहारिक कार्यान्वयनसँगै विधिको शासन स्थापित गरी स्रोत साधनको भरपुर सदुपयोग गरेर जनतालाई अनुभूत हुने गरी सेवा दिन कांग्रेसले नेतृत्व गर्नुपर्ने उहाँले बताउनुभयो ।
कांग्रेसले जितेमा अबको पाँच वर्ष बितेको पाँच वर्षको जस्तो निराशाजनक परिस्थिति नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले स्थानीय तह निर्वाचनको संकल्प प्रस्ताव पार्टीको मार्गदर्शक भएको भन्दै यसको भरपुर उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।