८ मंसिर, २०८१ शनिबार
12:21:57 AM
२२ बैशाख, २०७९
उहाँले भन्नुभयो, “उहाँलाई जिताउनुहोस्, १०/२० वर्ष गठबन्धन टिक्छ ।”
चितवन,
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनमा रेनु दाहालले धेरै काम गरेकाले यसपटक पनि जिताउन आग्ह गर्नुभएको छ ।
पाँच दलीय गठबन्धनले विहिबार यहाँ आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले षड्यन्त्र हुन नदिन गठबन्धनका पक्षमा जुट्न आग्रह गर्नुभयो ।
भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बन्नुभएका प्रमुख पदका उम्मेदवार रेनु दाहालले यस अघिका कार्यकालमा महत्वपूर्ण काम गरेको भन्दै गठबन्धनका पक्षमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “उहाँलाई जिताउनुहोस्, १०/२० वर्ष गठबन्धन टिक्छ ।”
सभापति देउवाले थप्नुभयो, “उहाँले जितिसक्नुभएको छ, पार्टीका केही साथीहरुले बखेडा गर्नु आवश्यक छैन ।” उहाँले सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भएको जानकारी दिँदै त्यसलाई सबै मिलेर चिर्नु पर्नेमा जोड दिनुभयो ।
पाँच दलीय गठबन्धनले विहिबार यहाँ आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले षड्यन्त्र हुन नदिन गठबन्धनका पक्षमा जुट्न आग्रह गर्नुभयो ।
गठबन्धन टुटाउने षड्यन्त्र चितवनबाट हुन नदिन जिल्लाका नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, यो षड्यन्त्रबाट हाम्रो पार्टी खत्तम हुन्छ, उहाँहरुको पनि खत्तम हुन्छ ।
कुनै पनि हालतमा गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुन सक्दैन र हुनु हुँदैन”, उहाँले भन्नुभयो ।
आफूले पार्टीमा ८२ प्रतिशत मत लिएर सभापति जितेको भन्दै उहाँले भन्नुभयो, “यो मत जनप्रतिनिधिको मत हो । नेपाली जनताले गठबन्धनप्रति समर्थन भएर मैले जितेको हुँ । होइन भने मैले कहाँ जित्थे ।”
उहाँले गठबन्धनप्रति मेचीमहाकालीका जनताको भरोसा भएर नै पार्टीका साथी लागेर सभापति जितेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “जनताले चुनेर आएका पार्टीका साथीहरुको भोटले पार्टी सभापति भएको हुँ ।”