८ मंसिर, २०८१ शनिबार

12:44:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौँलाई व्यवस्थित बनाउन सिंह उपयुक्त उम्मेदवार

Nepal Business

२२ बैशाख, २०७९

पूर्वप्रधानमन्त्री भट्टराईले सिंह काठमाडौँको मेयर निर्वाचित भएपछि गोरखा–काठमाडौँ सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँलाई व्यवस्थित बनाउन सिंह उपयुक्त उम्मेदवार

काठमाडौँ,
जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित बनाउन सिर्जना सिंह महानगर प्रमुखको उपयुक्त उम्मेदवार भएको बताउनुभएको छ ।

गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले विहिबार गरेको शुभकामना कार्यक्रममा बोल्दै उहाँले लोकतान्त्रिक संस्कार भएकी सिंह काठमाडौँ महानगरको उपयुक्त उम्मेदवार भएको बताउनुभएको हो । 

गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले विहिबार गरेको शुभकामना कार्यक्रममा बोल्दै उहाँले लोकतान्त्रिक संस्कार भएकी सिंह काठमाडौँ महानगरको उपयुक्त उम्मेदवार भएको बताउनुभएको हो । 

“सिर्जना गणेशमान, मङ्गलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती मात्र नभएर आफैँमा नेता हुनुहुन्छ, उहाँ मेयरको स्वभाविक हकदार हुनुहुन्छ, उहाँको जीत सुनिश्चित छ”, उहाँले भन्नुभयो । राजनीतिक व्यक्तिलाई परिवारसँग जोडेर सिंहबारे कुप्रचार गर्न खोजेको उहाँको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री भट्टराईले जनताको मेयर बनेर सिंहले काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । मुलुकको सङ्घीय राजधानी काठमाडौँलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र  नमूना राजधानी निर्माण गर्नका लागि आफूसमेत मेयरको उम्मेदवार बन्न खोजेको उहाँले स्मरण गर्नुभयो । 

पूर्वप्रधानमन्त्री भट्टराईले सिंह काठमाडौँको मेयर निर्वाचित भएपछि गोरखा–काठमाडौँ सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सिंह गोरखाको राजनीतिकर्मी भएको कारण गणेशमान सिंहको परिवारसँग नाता जोडिएको बताउँदै उहाँको उम्मेदवारबारे गलत प्रचार नगर्न सबैलाई आग्रह गर्नुभयो ।

“सिर्जनालाई काठमाडौँको मेयरमा निर्वाचित गराउन सम्पूर्ण गोरखावासी एक भएर अगाडि बढौँ, जित पक्का छ”,  उहाँले भन्नुभयो ।