९ मंसिर, २०८१ आइतबार

10:02:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमाल आरोहणका लागि ९१८ जनाले लिए अनुमति, ४७ करोडभन्दा बढिको रोयल्टी संकलन

Nepal Business

२२ बैशाख, २०७९

सगरमाथा आरोहणका लागि अनुमति लिएकाहरुबाट ३९ करोड ५५ लाख ५ हजार रुपैयाँ रोयल्टी संकलन

हिमाल आरोहणका लागि ९१८ जनाले लिए अनुमति, ४७ करोडभन्दा बढिको रोयल्टी संकलन

 काठमाण्डौं । हिमाल आरोहणका लागि ९१८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्याङक अनुसार यस वर्ष विभिन्न ७४ देशका ११३ वटा टीमले हिमाल आरोहणको अनुमति लिएका हुन् ।

विभागका अनुसार हिमाल आरोहणमा अनुमति लिएकाहरुमा सबैभन्दा धेरै सगरमाथाका लागि ३१६ जनाले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि अनुमति लिएकाहरुबाट ३९ करोड ५५ लाख ५ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ ।

आरोहणको अनुमति लिनेमा ७१८ जना पुरुष र २०० जना महिला रहेका छन् । जसबाट ४७ करोड ९ लाख २३ हजार रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।