२ जेठ, २०८१ बुधबार

08:15:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढ्यो विमानस्थल यात्रु सेवा शुल्क, कुन विमानस्थलमा कति ?

Nepal Business

२२ बैशाख, २०७९

नयाँ नियमावलीमा अन्तर्राष्ट्रिय यात्रुको हकमा प्रतिव्यक्ति ३ हजार रुपैयाँ यात्रु सेवा शुल्क लाग्ने भएको छ।

बढ्यो विमानस्थल यात्रु सेवा शुल्क,  कुन विमानस्थलमा कति ?

काठमाण्डौं । सरकारले हवाई यात्रा गर्ने यात्रुहरुले तिर्नुपर्ने हवाई यात्रु सेवा शुल्कमा वृद्धि गरेको छ । यात्रु सेवा शुल्क बढेसँगै संशोधन भएको विमानस्थल सेवा शुल्क नियमावली २०७८ जेठ १४ गतेबाट कार्यान्वयनमा आउने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत ३० गते मन्त्रिपरिषद्‍बाट पारित भएको विमानस्थल सेवा शुल्क नियमावली २०७८ जेठ १४ गतेबाट कार्यान्वयनमा जाने बताएको छ ।

नयाँ नियमावलीमा यात्रु सेवा शुल्कमा केही परिमार्जन गरिएकोछ। यस अघि अन्तर्राष्ट्रिय यात्रु (सार्क राष्ट्रका लागि उडान गर्ने यात्रु)को हकमा ७ सय ५० रुपैयाँ र अन्य यात्रुको हकमा १ हजार रुपैयाँ यात्रु सेवा शुल्कबाट रकम संकलन गरिन्थो।

तर नयाँ नियमावलीमा अन्तर्राष्ट्रिय यात्रुको हकमा प्रतिव्यक्ति ३ हजार रुपैयाँ यात्रु सेवा शुल्क लाग्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत ३० गते मन्त्रिपरिषद्‍बाट पारित भएको विमानस्थल सेवा शुल्क नियमावली २०७८ जेठ १४ गतेबाट कार्यान्वयनमा जाने बताएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्र गर्ने आन्तरिक हवाई यात्रुसँग प्रतिव्यक्ति ५ सय रुपैयाँ यात्रु सेवा शुल्क लिने गरी नियवमाली संशोधनन भएको छ।

नयाँ नियमावलीमा चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, गौतमबुद्ध, लुक्ला, जोमसोम, नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलबाट यात्रा गर्नेले यात्रुसेवा शुल्क वापत ४ सय रुपैयाँ तिर्नु पर्ने छ।

तुम्लिङटार, फाप्लु, रामेछाप, मेघौली, सिमिकोट, जुम्ला, रारा, ताप्लेजुङ, थामखर्क, भोजपुर, लामिडाँडा, रुम्जाटार, खानीडाँडा, दाङ, मनाङ, बाजुरा, डोल्पा, डोटी, बैतडी, रुकुम सल्ले, रुकुम चौरजहारी, बझाङ र साँफैवगर विमानस्थलबाट यात्रु गर्ने यात्रुले यात्रु सेवा शुल्क वापत प्रतियात्रु ३ सय रुपैयाँ तिर्नु पर्नेछ।

माथि उल्लेख नभएका विमानस्थलको हकमा २ सय रुपैयाँ सेवा शुल्क लाग्ने नयाँ नियमावलीमा व्यवस्था गरिएको छ।