२८ फागुन, २०८१ बुधबार

06:56:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सशस्त्रका पौडेललाई एआइजीमा बढुवाका सिफारिस

Nepal Business

२२ बैशाख, २०७९

सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो ।

सशस्त्रका पौडेललाई एआइजीमा बढुवाका सिफारिस

काठमाडौँ,

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलमा एआइजी राजु अर्याल महानिरीक्षक र अर्का एआइजी रामशरण पौडेलले अवकाश पाएपछि दुई पद रिक्त थियो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम ९१० को ९क० बमोजिम बढुवा समितिको बुधबार बसेको बैठकले पौडेललाई बढुवाका लागि सिफारिस गरेको हो । 

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम ९१० को ९क० बमोजिम बढुवा समितिको बुधबार बसेको बैठकले पौडेललाई बढुवाका लागि सिफारिस गरेको हो । 

बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकले नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सकिने छ ।