१० मंसिर, २०८१ सोमबार
01:58:39 PM
१२ पुस, २०७८
वार्षिक २ लाखभन्दा बढिको आम्दानी
काठमाण्डौं, पुस १२
ग्रामीण क्षेत्रका महिलाहरु पछिल्ला वर्षहरुमा आत्मनिर्भर बन्न थालेका छन् । महिलाहरु कृषि तथा पशुपालनको क्षेत्रमा लागेपछि आत्मनिर्भर हुन थालेका हुन् । परिश्रमी महिला स्वदेशमा नै वार्षिक २ लाखभन्दा बढि कमाई गरिरहेका छन् ।
सामान्य लेखपढ गरेका महिलाले स्थानीय स्रोत, साधनको परिचालन गरी प्रशस्त आन्दानी गर्दा रोजगारीको अभावमा शहर पस्नेहरु लोभिन लागेका छन् । परिश्रमी महिलाहरुको यो नमूनाले व्यवसाय लोभ लाग्दो बनिरहेको देखिन्छ ।
दिनरातको प्रयासले व्यावसायिक तरकारी उत्पादन प्रणाली उत्साह जनक छ । यो मौसममा सिमी, बोडी, साग, केराउ, धनियाँ, काउलीलगायतका तरकारी निकासीमा वार्षिक दुई लाख तरकारी खेतीबाट आम्दानी हुनेगरेको छ ।
तानसेन नगरपालिका र युयनडिपी, ग्रामीण आर्थिक विकास सङ्घको सहयोगमा विदेशबाट फर्केका तथा स्वदेशमा बेरोजगार युवालाई उद्यमी बनाउन थालिएको हो । यसका लागि कृषि औजार, सीप तथा पुँजी सहयोग गरी नगरपालिका भित्रका युवालाई स्वदेशमा टिकाउने योजनाअनुसार काम भइरहेको ग्रामीण आर्थिक विकास सङ्घका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताउनुभयो ।
नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले महिलाको आर्थिक सशक्तीकरणका लागि बाख्रापालन, कुखुरापालन तथा आयआर्जनसम्बन्धी तालिम सञ्चालन गरिएको बताउनुभयो । आर्थिक रुपमा सबल भएमात्र सामाजिक, राजनीतिक तहमा महिला नेतृत्व पु¥याउन सकिने भएकाले आर्थिक रुपमा कमजोर समुदायका महिलालाई आय आर्जनतर्फ केन्द्रीय कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।