२५ बैशाख, २०८१ मंगलबार

03:00:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्टरनेट बन्द हुनसक्ने आशंका तत्काललाई टर्यो, भुक्तानीमा सरकारले सहजीकरण गर्ने

Nepal Business

२० बैशाख, २०७९

सरकारले भारतीय कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस रोकेको थियो

इन्टरनेट बन्द हुनसक्ने आशंका तत्काललाई टर्यो, भुक्तानीमा सरकारले सहजीकरण  गर्ने

काठमाडौं,
नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले केही अघि इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएपछि निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाउँदै त्यसो हुँदा गम्भिर असर पर्ने बताएको केही दिनमा नै उक्त समस्या समाधानतर्फ उन्मुख भएको छ । 

ति कम्पनी र सञ्चार मन्त्रालयबीच भएको छलफलले भारतीय कम्पनीलाई बुझाउनु पर्ने रकममा सरकारले आवश्यक सहजीकरण गर्ने सहमतीसँगै उक्त समस्या तत्कालका लागि समाधानतर्फ अघि बढेको छ । 

ति कम्पनी र सञ्चार मन्त्रालयबीच भएको छलफलले भारतीय कम्पनीलाई बुझाउनु पर्ने रकममा सरकारले आवश्यक सहजीकरण गर्ने सहमतीसँगै उक्त समस्या तत्कालका लागि समाधानतर्फ अघि बढेको छ । 

नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गरेर वितरण गर्दै आएका छन् ।  इन्टरनेट  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सिफारिस रोकेपछि भारतीय कम्पनीहरुले इन्टरनेट रोकिन सक्ने चेतावनी दिएको थियो । जसका कारण नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीले बेरुजु रकम तिर्न सकेका थिएनन् ।

मन्त्रालय र सेवा प्रदायकबीच विदेशी मुद्रा भुक्तानीमा सहजीकरण गर्ने सहमति भएपछि तत्कालका लागि उक्त समस्या टरेको हो । आज मंगलबारदेखि नै आवश्यक प्रक्रिया शुरु गर्ने जनाइए पनि विदा परेकाले बुधबारदेखि काम शुरु हुनेछ । 

सरकारले भारतीय कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस रोकेको थियो । नेपालका झन्डै २० वटा कम्पनीले भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।