२२ बैशाख, २०८१ शनिबार

01:00:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ करोड ५० लाखमा विमानस्थल स्तरोन्नति

Nepal Business

१२ पुस, २०७८

कतिपय विमानस्थल मर्मत गरी सञ्चालन गर्नुपर्ने थियो भने कतिपय द्धन्द्धकालमा ध्वस्त बनाइएका थिए ।

१ करोड ५० लाखमा विमानस्थल स्तरोन्नति


काठमाण्डौं, पुस १२
बैतडी विमानस्थल स्तरोन्नतिका लागि १ एक करोड ५० लाख ४४ हजार २ सय ४७ रुपैयाँ विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उडड्यन प्राधिकरणको बैठकले बहुवर्षीय आयोजनाअन्तर्गत बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरेकाले सो रकम प्राप्त  भएको हो  


बैठकले धनगढी विमानस्थलका लागि १ अर्ब, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ लाख उपलब्ध गराउनका साथै डोटी, साँफेबगर, कमलबजार, महेन्द्रनगर, बाजुरा र डडेल्धुरा विमानस्थलका लागि पनि बजेट विनियोजन गरेको छ । 


कतिपय विमानस्थल मर्मत गरी सञ्चालन गर्नुपर्ने थियो भने कतिपय द्धन्द्धकालमा ध्वस्त बनाइएका थिए । जिल्लाका कतिपय टर्मिनल भवन र कन्ट्रोल टावरको निर्माण भने सुरु नै भएको छैन । यसलाई निरन्तरता दिने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।