२१ बैशाख, २०८१ शुक्रबार

01:46:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईओसीबाट बढेर आयो इन्धनको मूल्य, कुनको कति ?

Nepal Business

२० बैशाख, २०७९

ग्यासको खरिद मूल्य २ हजार ६५० रुपियाँ रहेको छ ।

आईओसीबाट बढेर आयो इन्धनको मूल्य, कुनको कति ?

काठमाण्डौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै आईओसीले नेपाल आयल निगमलाई डिजल, पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य बढाएर पठाएको हो । 

नेपाल आयल निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ५ रुपियाँ १८ पैसा, डिजल १० रुपियाँ १८ पैसा र हवाई इन्धन ७ रुपियाँ १२ पैसाले बढेर आएको छ ।  ग्यासमा प्रतिसिलिन्डर ११८ रुपियाँ बढेर आएको निगमले जनाएको छ । 

आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखका नयाँ मूल्य पठाउने गर्छ ।

निगमका अनुसार मूल्य बढेर आएकाले घाटा पनि बढ्न पुग्नेछ । प्रतिलिटर पेट्रोलमा २३ रुपियाँ दुई पैसा, डिजलमा ४० रुपियाँ १३ पैसा घाटा छ । यस्तै सबैभन्दा धेरै घाटा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ हजार ५० रुपियाँ रहेको छ । 

निगमका अनुसार प्रतिलिटर डिजल र पेट्रोलको खरिद मूल्य १८३ रुपियाँ रहेको छ । ग्यासको खरिद मूल्य २ हजार ६५० रुपियाँ रहेको छ ।

हाल पेट्रोल प्रतिलिटर १६० रुपियाँ, डिजेल÷मट्टीतेल १४३, हवाई इन्धन प्रतिलिटर १५६ र ग्यासको बजार मूल्य एक हजार छ सय रुपियाँ रहेको छ ।