८ मंसिर, २०८१ शनिबार
12:34:07 AM
२० बैशाख, २०७९
अव श्रमिकको मूल्य कति हो भनेर अडिट गर्ने बेला आएको छ हामीले आ–आफ्नो कर्तव्य र जिम्मेवारीको अडिट गरौँ, म सबैलाई अपिल गर्छु, उहाँले भन्नुभयो ।
काठमाण्डौं । अर्थतन्त्री जनार्दन शर्माले राष्ट्रिय सम्पत्तिको अडिट गर्ने समय आएको बताउनु भएको छ ।
काठमाण्डौमा मंगलबार नेपाल चार्टड अकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित प्रथम लेखा व्यवसायी सम्मेलनमा अर्थमन्त्री शर्माले यस प्रकारको धारणा अगाडि सार्नु भएको हो।
हाल मुलुकमा गरिबी, व्यापार घाटा, उत्पादन, कृषि, आयात सबैको अडिट गर्ने बेला आएको छ, म यसैको सत्य तथ्यको खोजीमा लागिरहेको छु, अर्थमन्त्री शर्माले भन्नुभयो ।
मुलुकमा विद्यमान आर्थिक सूचकहरु प्राय सबै नकरात्मक रहेको स्थितिमा अडिटले वास्तविकता उजागर गर्ने उहाँले बताउनु भयो ।
हाल मुलुकमा गरिबी, व्यापार घाटा, उत्पादन, कृषि, आयात सबैको अडिट गर्ने बेला आएको छ, म यसैको सत्य तथ्यको खोजीमा लागिरहेको छु, अर्थमन्त्री शर्माले भन्नुभयो ।
हिजो अडिटमा कतै समस्या छ किन भनेर खोज्दैछु, सामान्य रुपमा प्लस, माइनस, भागा, गुणनमा तलमाथि पर्यो भनेत आर्थिक सूचकको तथ्यांकीय अवस्था कस्तो होला ? यसले पार्ने प्रभावको कारण अर्थतन्त्र कस्तो बन्ला ? यसले सृजना गर्ने चुनौती र असरबारे आफुले अध्ययन गरिरहेको उहाँले बताउनु भयो ।
अव श्रमिकको मूल्य कति हो भनेर अडिट गर्ने बेला आएको छ हामीले आ–आफ्नो कर्तव्य र जिम्मेवारीको अडिट गरौँ, म सबैलाई अपिल गर्छु, उहाँले भन्नुभयो ।
अडिटमा समस्या देखिएमा अर्थतन्त्र र राज्यलाई नै प्रभाव पार्ने अर्थमन्त्री शर्माले बताउनु भयो। लेखा व्यवसाय अर्थतन्त्रको ऐना हो, यसले आर्थिक अवस्थालाई पारदर्शी बनाउँछ भन्दै राम्रो लेखापरीक्षणले राम्रो नीति तथा कार्यक्रम बनाउन मद्धत पुग्छ भन्नु भयो ।