१ जेठ, २०८१ मंगलबार

02:32:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिद्धार्थनगरमा ७ करोडको गेट निर्माण

Nepal Business

१२ पुस, २०७८

करिव ७ करोडको लागतमा निर्माण गरिएको गेटको उद्घाटन प्रतिनिधिसभा सदस्य घनश्याम भूसालले गर्नु भएको हो ।

सिद्धार्थनगरमा ७ करोडको गेट निर्माण


काठमाण्डौं, पुस १२
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ डन्डाखोला नजिकै पर्यटकीय गेट निर्माण भएको छ । करिव ७ करोडको लागतमा निर्माण गरिएको गेटको उद्घाटन प्रतिनिधिसभा सदस्य घनश्याम भूसालले गर्नु भएको हो । 
निर्माण सम्पन्न भएको पर्यटकीय गेट घनश्याम भूसालले नै तीन वर्ष अगाडी शिलन्यास गर्नु भएको थियो । यसका लागि दुई चरणमा ठेक्का प्रकृया अगाडी बढेको थियो । तर दोस्रो चरणको सम्झौता सम्पन्न हुनु अगावै गेट उद्घाटन भएको छ । 
गेटको निर्माण सम्पन्न भैसकेपछि आन्तरिक पर्यटकको आगमन बढ्ने र यसले आर्थिक कृयाकलापमा टेवा पु¥याउने नगरपालिकाले बताएको छ ।